अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन « Khabarhub

अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो दूरी बढेको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा फोटोपत्रकार क्लवले आयोजना गरेको पावरिङ नेपाल : ऊर्जा क्षेत्रमा एशियाली विकास बैंक–नेपाल साभेदारीको पाँच दशक शीर्षकको फोटो प्रदर्शनीको अवलोकन गर्दै पौडेलले प्रधानमन्त्रीसंग आफ्नो दूरी बढेको विषयमा प्रतिक्रिया दिनका लागि योग्य समाचार नभएकोसमेत बताए । उनले सस्तो अविश्वसनीय समाचारले कसैलाई फाइदा नगर्ने उल्लेख गरे  ।

पौडेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको र उपलब्धिपूर्ण रहेको उल्लेख गरे । नेपालको दीर्घकालीन विकास र छिमेकीको सम्बन्धका साथै नेपालको विदेश नीतिको दृष्टिकोणले पनि प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको उनको भनाइ छ ।

उनले चीन भ्रमणका प्रत्येक कुरामा सत्ताधारी दलबीच खुलस्त छलफल भएको र साझा दृष्टिकोणका आधारमा अघि बढिएको बताए ।

त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रका क्षेत्रमा देखिएको समस्या हल गरेका कारण  अर्थतन्त्रमा क्रमशः गति आउन सुरु गरेको जानकारी दिए।

उनले बैंकको तरलतालाई उत्पादन र रोजगारी सिर्जनाका लागि प्रयोग गर्ने सोच बनाएको उल्लेख गरे  ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : ०७ बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने