अर्थसंक्षेप : सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन, २७ सय बिन्दुबाट तल झर्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन, २७ सय बिन्दुबाट तल झर्यो नेप्से


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन् । सहकारीका ठूला बचतकर्ताको स्रोतको विषयमा राज्य मौन देखिएको छ । १२ दिनपछि नेप्से २७ सय बिन्दुबाट तल झरेको छ ।

आजका मुख्य आर्थिक समाचार :

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन् ।

भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे ।

सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन

पछिल्लो समय सहकारी क्षेत्रमा बचत अपचलन समस्या बढ्दो छ । देशभर सयौं सहकारीमा खर्ब रुपैयाँभन्दा बढी बचत अपचलन भएको तथ्याङ्कहरूले देखाएका छन् ।

ठूला सहकारीमा सरकारी उच्चपदस्थ, सेनानिवृत, दलका नेता/कार्यकर्ता, व्यापारीदेखि सामान्य पृष्ठभूमि भएका मानिसले समेत करोडौं रकम फसेको बताइरहेका छन् ।

त्यति ठूलो अस्वाभाविक रकम सहकारीमा कसरी गयो र त्यसको स्रोत के हो भन्नेबारे हालसम्म अनुसन्धान तहकीकात गर्ने निकायले कुनै विवरण सार्वजनिक गरेका छैनन् । यतिसम्म कि – सहकारी पीडितको आन्दोलनमा आफ्नो करोडौं रुपैयाँ फसेको बताएकाहरू समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी लिएर गएका छैनन् ।

विशेषगरी राजधानी र केही शहरका समस्या देखिएका सहकारीमा दैनिक ज्यालामजदुरीको कमाइ जोगाएर बचत गरेकादेखि करोडौं रुपैयाँसम्म ‘थन्क्याएका’को बचत सञ्चालकहरूले अपचलन गरेका छन् । नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा कारोबारको कुनै सीमा कानूनले तोकेको छैन । तर, निश्चित तहभन्दा बढी रकमको कारोबार गर्दा भने स्रोत देखाउनुपर्ने व्यवस्था छ ।

नेपाल सरकारका पूर्वसचिव एवम् सहकारी विभागका पूर्वरजिस्ट्रार केदार न्यौपानेसहकारीमा देखिएको बचत अपचलन समस्यामा ठूला बचतकर्ताको स्रोत खोज्ने हो भने एउटा तहसम्मको समस्या समाधान हुने बताउँछन् ।

१२ दिन पछि नेप्से २६०० को विन्दुमा

शेयर बजारमा आज एकै दिन पहिरो गएको छ । आइतबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ४६ अंकले घटेको छ ।

बजार घटेसँगै नेप्से २६०० को विन्दुमा आएको छ । जुन १२ दिन पछि आएको हो । नेप्से यसअघि मंसिर १० गते २६८३ को विन्दुमा थियो । आज बजार बन्द हुँदा नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दु आएको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से १.६७ प्रतिशतले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर कारोबार भएको छ ।

आज २७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२१ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ४०४ पटक शेयर किनबेच भएको छ ।

सुनको मूल्य प्रतितोला डेढ लाख मुनि झर्यो

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा डेढ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रुपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको बताए ।

‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई–चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’ तामाङले एउटै बगैँचालाई तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् ।

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृया सरल बनाउन ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यक पर्थ्यो । यी झन्झट हटाएर बजाजले नागरिकताकै भरमा बजाजका मोटरसाइकल फाइनान्समार्फत किन्न सक्ने जनाएको हो ।

स्याङ्जाका एकै किसान गर्छन् वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार

यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।

अर्यालले आफ्नै बगैँचामा उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यस वर्ष पनि पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए ।

उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक पाँच करोड रुपैयाँसम्मको कारोबार हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : १३ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको