श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य « Khabarhub

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ ।

ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार यस प्रक्षेपणमा वस्तु निकासीबाट १४ अर्ब ५४ करोड डलर र सेवा निकासीबाट चार अर्ब १६ करोड डलर समावेश हुने बताए ।

श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा कुल निर्यात (वस्तु तथा सेवा)बाट १३ दशमलव ५ अर्ब डलर कमाएको विजेसिङ्घेले बताए । यो सन् २०२३ को पहिलो १० महिनाको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढेको हो ।

सन् २०२४ को वार्षिक लक्ष्य १६ अर्ब ४ करोड डलर रहेको र श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा त्यो वार्षिक लक्ष्यको ८२ प्रतिशत हासिल गरेको उनले भनेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : २६ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध