मेरो तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्त्वपूर्ण रह्यो : प्रचण्ड « Khabarhub

मेरो तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्त्वपूर्ण रह्यो : प्रचण्ड


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् ।

समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पुर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताएका हुन् ।

‘मैले अहिलेसम्म तीन पटक सरकारको नेतृत्व अवसर पाएँ, हरेक पटक नवीनताको सुरुवात गरेको छु,’अध्यक्ष प्रचण्डले भने,  ‘पहिलो कार्यकालमा पहाडी क्षेत्र मै सुविधा पुर्‍याएर बसाइसराइ रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरिबको कृषि ऋण मिनाहा, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्त्वपूर्ण प्रयास थिए ।’

तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रचण्डले यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको दाबी गरेका छन् ।

‘म तेस्रो पटक प्रधानमन्त्री हुँदा धेरैतिर निराशा थियो, भ्रष्टाचार डरलाग्दो गरी मौलाइरहेको थियो भने विभिन्न स्वरूपका विभेद समस्याको रूपमा देखिन थालेका थिए । आर्थिक रूपमा नेपाल जर्जर अवस्थामा थियो,’ उनले आफ्नो तेस्रो कार्यकालको उपलब्धि स्मरण गर्दै भने,  ‘त्यो बेलामा मैले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानले जनतामा पर्न थालेको आशा जगाउने काम मात्रै गरेन, यसले समाजवाद निर्माणको ढोकासमेत खोलेको छ ।’

अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उनले सहयोगका लागि सबैलाई आग्रहसमेत गरेका छन् ।

नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक मुलुक भएकाले हरेक हरेक समुदायको पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रूपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिँदै आएको र सफल पनि भएको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पूर्णकालीनरुपमा राजनीतिमा होमिनुभन्दा अगाडि तीन वर्ष अध्यापन गरेको सम्झना सुनाए । ‘मेरा आरुघाटसँगको सम्बन्धहरू अलि असाधारण प्रकृतिका छन् । एउटा व्यक्तिको जीवनमा दुई तीन वर्ष एउटा विद्यालयमा शिक्षकको रूपमा रहने ठूलो कुरा होइन तर त्यति बेला जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने त्यो मेरो पहिलो अभ्यास थियो,’ उनले भने,  ‘मैले त्यहाँ कक्षा कोठामा शिक्षण मात्रै गरिनँ, किसानहरूलाई प्रौढ कक्षादेखि कृषि पेशालाई आधुनिकीकरण गर्ने र शौचालय निर्माणलगायतका सरसफाईका जागरणका कामहरु पनि गरेंको थिएँ ।’

यसले आफूलाई जनतासँग जोडिन प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै उनले आफू पूर्णकालीन राजनीतिमा होमिनुअघि अब जीवनलाई कता लैजाने भन्ने निष्कर्ष निकाल्ने आधारको रूपमा पनि आरुघाटलाई लिने गरेको स्मरण गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : १५ बजे

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत