आर्थिक विकासमा ‘भ्यूटावर’को महत्त्व छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

आर्थिक विकासमा ‘भ्यूटावर’को महत्त्व छ : उपप्रधानमन्त्री सिंह


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन्

नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यहाँका भ्यूटावरसहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्त्व राख्ने बताए  ।

दमक–३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक भ्यूटावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को कार्यक्रममा सहभागी हुन आएका उनले राष्ट्रिय गौरवका योजनाका रूपमा रहेका यस्ता सम्पदालाई स्थायी रूपमा सञ्चालन गर्न सरकारले सुरुआत गरेको उल्लेख गरे  ।

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका संरचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताए । कांग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको उनले औँल्याए ।

कांग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्दै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि कांग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिए । कांग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उनको भनाइ थियो ।

सो भेलामा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, जिल्ला सभापति देउकुमार थेवे र क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले कांग्रेसले देशकै अगुवाइ गर्न अब सङ्गठित भएर जुट्नुपर्ने बताए।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २२ बजे

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले