चितवन प्रहरीले भन्यो – रविमाथि कुनै प्रकारको दुर्व्यवहार भएको छैन « Khabarhub

चितवन प्रहरीले भन्यो – रविमाथि कुनै प्रकारको दुर्व्यवहार भएको छैन


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार नगरिएको स्पष्ट पारेको छ । आइतबार साँझ एक विज्ञप्ती निकाल्दै प्रहरीले रविलाई पोखरा लाने क्रममा दुर्व्यवहार गरिएको, स्वास्थ्य अवस्था ख्याल नगरिएको, प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

जिल्ला सरकारी वकिलको कार्यलयमा बयान सकिएपछि हिरासत कक्षमा समेत नलगि पोखरा लगिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षक को कमाण्डमा कास्की लगिएको थियो ।’

साथै प्रहरीले भ्रामक र तथ्यहीन समाचारले अनुसन्धानमा समेत प्रभाव पार्ने हुँदा सत्यतथ्य समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

यस्ताे छ प्रहरीकाे विज्ञप्ती

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै