विशद दाहालको निलम्बन फिर्ता लिन केएमसीलाई शिक्षा मन्त्रीको निर्देशन « Khabarhub

विशद दाहालको निलम्बन फिर्ता लिन केएमसीलाई शिक्षा मन्त्रीको निर्देशन


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डाक्टर विशद दाहालको निलम्बन फिर्ता लिन काठमाडौं मेडिकल कलेज (केएमसी) लाई निर्देशन दिएका छन ।

केयुको सहकुलपतिसमेत रहेका मन्त्री राईले डा. दाहालको निलम्वन तत्काल फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले आज मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३ (क) उपदफा (३) बमोजिम विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिनुभएको सचिव अधिकारीले बताए ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै केएमसीलाई बोधार्थसमेत दिएका छन ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २६ बजे

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल