राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्म विपरित दलीय भागवण्डामा राष्ट्रियसभाको निर्वाचनमा दलहरूले उम्मेद्वार उठाएको भन्दै मनोनयनप्रति विमति जनाएको हो ।  

बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पनाअनुसारको राष्ट्रियसभा हुन नसकेको र सत्ता बाँडफाँडमा केन्द्रीत भएकाले पार्टीको बिमति रहेको बताए। राष्ट्रियसभालाई दलीय भागबन्डामा केन्द्रित गर्दा लोकतन्त्र नै कमजोर हुने उनले बताए । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क निर्धारण गरेको, ऊर्जा नीति कार्यदल, सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको परियारले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले पार्टीको निर्वाचन आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ ।  

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’