राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति « Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्म विपरित दलीय भागवण्डामा राष्ट्रियसभाको निर्वाचनमा दलहरूले उम्मेद्वार उठाएको भन्दै मनोनयनप्रति विमति जनाएको हो ।  

बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पनाअनुसारको राष्ट्रियसभा हुन नसकेको र सत्ता बाँडफाँडमा केन्द्रीत भएकाले पार्टीको बिमति रहेको बताए। राष्ट्रियसभालाई दलीय भागबन्डामा केन्द्रित गर्दा लोकतन्त्र नै कमजोर हुने उनले बताए । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क निर्धारण गरेको, ऊर्जा नीति कार्यदल, सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको परियारले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले पार्टीको निर्वाचन आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ ।  

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २९ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई