'१२ वी फेल' हिन्दी फिल्म वरीयताको शीर्ष स्थानमा | Khabarhub Khabarhub

‘१२ वी फेल’ हिन्दी फिल्म वरीयताको शीर्ष स्थानमा


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विक्रान्त मैसीको मुख्य भूमिका रहेको भारतीय फिल्म वरीयताको शीर्ष स्थानमा निस्किएको छ । सामान्य परिवारको युवक आईपीएस अफिसर बन्न मनोज नामको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो । 

विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन । यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो । तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो । डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ । 

यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ । 

आईएमडीबीमाको दोस्रो वरीयतामा सन् १९९३ मा प्रदर्शनमा आएको ‘रामायण ः द लेजेन्ड अफ प्रिन्स राम’ छ । त्यस्तै तेस्रो चौथो र पाचौंमा क्रमशः नायकन, गोलमाल र रकेट्री:नम्बी इफेक्ट छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ३८ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले