ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ | Khabarhub Khabarhub

ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गोरखा– ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका–१० धौखोला चारघरेका ६० वर्षीय तिलकबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार तिलकबहादुरले खुर्पा प्रहार गर्दा ४७ वर्षीय हिराबहादुर विश्वकर्मा घाइते भएका थिए। हिराबहादुरको टाउको र गालामा गम्भीर चोट लागेको र उनको अन्नपूर्ण अस्पताल कास्की पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरेको आरोपमा सोमबार तिलकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। हिराबहादुर नाताले तिलकबहादुरका भाइ हुन्।

पक्राउ परेका तिलकबहादुरलाई मंगलबार ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ३५ बजे

बरमहल र मीनभवनमा यसरी बन्दैछन् आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद 

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

झापा– मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान

रातो च्याउको परीक्षण उत्पादन

चितवन– व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा)को उत्पादन

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ