कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए कारबाही हुने « Khabarhub

कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए कारबाही हुने


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिए। पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो । सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो ।”

चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । यसपटक भने काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ ।

सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा ग्रीष्म न्यौपानेले बताए।

डा न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल