खेलमा झेल : विवाद समाधान नगरी स्वर्णको प्रचारमा प्रशिक्षण | Khabarhub Khabarhub

खेलमा झेल : विवाद समाधान नगरी स्वर्णको प्रचारमा प्रशिक्षण


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपाली खेलकुदमा उसु र तेक्वान्दोका संस्थागत स्वरूप नै विवादमा छन्। दुवै खेलको विवाद उच्च अदालत पाटनमा समेत पुगेको छ। अदालतलेसमेत यो विषयलाई टुंग्याएको छैन। धेरै समस्या ज्युका त्युँ छन्। विवाद समाधान नहुँदै राष्ट्रिय खेलकुद परिषद्ले जापानमा सन् २०२६ मा आयोजना हुने एसियाली खेलमा स्वर्ण पदकको लक्ष्य भन्दै १५ माघबाट तेक्वान्दो र उसुसहित पाँच खेलको प्रशिक्षण सुरु गरेको छ।

सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदमा स्वर्णको ललिपप देखाइए पनि परिषदले पाँच खेल छनोटको कुनै आधार तयार पारेकै छैन। यसमा गत एसियाली खेलकुदको प्रदर्शनलाई पनि आधार मानिएको छैन। साथमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई हेरिएको छैन।

पाँच खेल मध्य करातेले सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा रजत पदक जिते पनि अन्य खेल निश्प्रभावी थिए। जुडोको पुनम श्रेष्ठ तथा बक्सिङकी अञ्जना तेली र सुष्मा तामाङबाहेक यी खेलका अन्य खेलाडीले आफूलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न लायक देखाउन सकेका छैनन्।

पाँच खेल मध्य उसु र तेक्वान्दो त पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा एकदमै कमजोर छ। यो दुवै खेल सङ्घ भित्रको विवादले खेलाडी समस्यामा छन्।

पाँच खेल मध्य उसु र तेक्वान्दो त पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा एकदमै कमजोर छ। यो दुवै खेल सङ्घ भित्रको विवादले खेलाडी समस्यामा छन्। तेक्वान्दो खेलको विगत र साख गर्व गर्न लायक हुनसक्छ। तर, आगामी एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सक्ने भन्दै तेक्वान्दो सहितलाई छनोट गर्नुको कुनै आधार एसियाली खेलकुदको नतिजा हेर्दा देखिएको छैन।

सन् २००६ सम्म प्रभावकारी रहेको नेपाली तेक्वान्दो त्यसपछिका चार एसियाडमा पदकविहीन भएको छ। पछिल्लो एसियाली खेलकुदमा त नेपाली तेक्वान्दोको अवस्था अझ खराब बनेको थियो। ११ खेलाडी सहभागी तेक्वान्दोमा तीन खेलाडी मात्र पहिलो चरण पार गर्न सफल भएका थिए।

व्यक्तिगत पुम्सेमा प्रेम लिम्बु, ४९ केजी तौल समूहमा अञ्जली तामाङ र ६३ केजी तौल समूहमा गोविन्द आलेले मात्र एक खेल जिते। अन्य खेलाडीले पहिलो चरण पार गर्न सकेनन्। प्री क्वार्टरबाट एक खेल जितेर क्वार्टर फाइनल प्रवेश गरेका प्रेम फराकिलो अन्तरले हारेका थिए।

सन् १९८० र ९० मा स्वर्णिम युग बिताएको नेपाली तेक्वान्दो सन् २००६ सम्म सही अवस्थामा थियो। पछिल्लो समय ओरालो लागेको तेक्वान्दो खेलबाट स्थापित हुने र नाम चलेका खेलाडी विदेश पलायन हुनेक्रम बढेको छ ।

काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली तेक्वान्दो फेरि एक पटक माथिल्लो उचाइमा पुगे पनि सङ्घ आफै प्रशिक्षक माथि राजनीति गर्न तल्लीन भएपछि यसको असर सो खेलमा परेको थियो। राष्ट्रिय खेलकुद परिषद् समेत नीतिहीन बनेपछि अहिले नेपाली तेक्वान्दो इतिहासकै ओरालो र दयनीय अवस्थामा छ।

राष्ट्रिय खेलकुद परिषद् समेत नीतिहीन बनेपछि अहिले नेपाली तेक्वान्दो इतिहासकै ओरालो र दयनीय अवस्थामा छ।

यो अवस्थामा सङ्घमा रहेको विवाद समाधान गर्न नलागी कुनै खेललाई प्राथमिकता दिनु आफैमा लज्जाको विषय हो। गत एसियाडको प्रदर्शनलाई आधार मान्ने हो भने सङ्घ भित्र सुधार नगरी तेक्वान्दोले कुनै उपलब्धि दिने छाँटकाँट देखिएको छैन।

यसैगरी गत एसियाडमा कमजोर प्रदर्शन गरेको उसु महासङ्घ आपसी विवादमा रुमल्लिएको छ। कतिसम्म भने परिषद्ले वीरबहादुर तामाङ नेतृत्वको उसु महासङ्घलाई विघटन गरेर जनक बर्तौला नेतृत्वको उसु सङ्घ गठन गरेको थियो। बर्तौला नेतृत्वको महासङ्घले साधारण सभा सम्पन्न गरेर वैधानिक अनुमति मात्र पाएको थिएन अदालतमा सो सङ्घको विरुद्धमा परेको रिट पनि खारेज भइसकेको छ। यो अवस्थामा परिषद् नेतृत्व आफैले गरेको निर्णय जोगाएर उसु सङ्घलाई काम गर्न दिन सकेको छैन।

नेपाल ओलम्पिक कमिटीले तामाङ नेतृत्वको सङ्घलाई नै मान्यता मात्र दिएको छैन, बर्तौला नेतृत्वको महासङ्घलाई काम गर्न विभिन्न समयमा बाधा सृजना गरेको छ। यसको असर गत एसियाडमा परेको थियो।

नेपाल उसु महासङ्घमा महासचिव नवराज ढुङ्गाना विगतमा ओलम्पिक कमिटीले उत्पन्न गरेको बाधा अड्चनले आफ्नो खेलको अन्तर्राष्ट्रिय प्रदर्शनमा असर गरे पनि आगामी दिनमा त्यसो नहुने कुरामा आफू आशावादी रहेको बताउँछन्।

गत एसियाडमा जुडोका ८ खेलाडीले सहभागिता जनाएका थिए। यी मध्य विकास विकले मात्र एक खेल जिते। अन्य सबै खेलाडी पहिलो चरणमा पराजित भएका थिए। कत्तिसम्म भने विकास बाहेकका अन्य खेलाडी दुई मिनेट पनि रिङमा टिक्न सकेका थिएनन्।

नेपाल उसु महासङ्घमा महासचिव नवराज ढुङ्गाना विगतमा ओलम्पिक कमिटीले उत्पन्न गरेको बाधा अड्चनले आफ्नो खेलको अन्तर्राष्ट्रिय प्रदर्शनमा असर गरे पनि आगामी दिनमा त्यसो नहुने कुरामा आफू आशावादी रहेको बताउँछन्।

राष्ट्रिय खेलकुद परिषद्का एक बोर्ड सदस्य भन्छन्, ‘ सुरुमा यो खेललाई प्राथमिकता दिने भन्दै यो निर्णय गरिएको हो ।’ उनको यो दाबीका बाबजुद अहिले नै आसन्न एसियाडमा स्वर्ण पदकको लक्ष्य भन्दै छनोट गरिएका यी पाँच खेल नै वैधानिक आधारमा सबै भन्दा उपयुक्त हुन् भन्ने कुनै आधार छैन। जुडो खेलले पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा उल्लेख्य परिणाम दिन सकेको छैन।

सङ्घको आपसी विवाद समाधान नगरी विशेष तयारीमा राखिएका उसु र तेक्वान्दोको पहिलो चरणमा संस्थागत स्वरूपमा परिवर्तन गर्न परिषद् चुकेको देखिन्छ। तेक्वान्दो सङ्घ आफ्नै मातहतका धेरै डोजाङ माथि नै अत्यधिक पूर्वाग्रही भएका कारण विगतमा ती डोजाङका खेलाडीले पत्रकार सम्मेलन गर्दै सामूहिक विद्रोह गरिसकेका छन्। उसु महासङ्घका ओलम्पिक कमिटीको समस्या उस्तै छ।

राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्मा पाँच खेलको आधार पछिल्लो दक्षिण एसियाली खेलकुद भएको बताउँछन्।

अहिले परिषद्को दाबी एसियाडमा स्वर्ण पदक भनिए पनि कुनै पनि खेल अख्तियारीको नियमित कार्य गर्ने बित्तिकै एसियाडको स्वर्ण पदकको हल्ला फैलाउनु अनावश्यक प्रचारबाजी भएको परिषद्का एक कर्मचारीको दाबी छ। ‘तयारी नै नगरी तयारीकै नाममा स्वर्ण पदकको हल्ला फैलाउनु अनावश्यक प्रचारबाजी बाहेक केही हेइन’, नाम नभन्ने शर्तमा एक कर्मचारी भन्छन्।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ०३ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा