विमानस्थल बनाउनभन्दा चलाउन गाह्रो : मन्त्री किराँती « Khabarhub

विमानस्थल बनाउनभन्दा चलाउन गाह्रो : मन्त्री किराँती


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउनभन्दा चलाउन कठिन रहेको बताएका छन् ।

शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउनसमेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन्

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए । उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाईट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने धारणा राखे ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष ५ करोड विनियोजन भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : १४ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ