महानगरको सौन्दर्य : बस चढ्न पालो कुर्दै (फोटो फिचर) « Khabarhub

महानगरको सौन्दर्य : बस चढ्न पालो कुर्दै (फोटो फिचर)


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक सवारी भनेपछि तपाइको मनमा के आउँछ ? कोचाकोच, भिडभाड, एकले अर्कोलाई उछिन्दै, बल प्रयोग गर्दै चढ्नु । अझ काठमाडौंको त कुरै बेग्लै । सबैभन्दा धेरै जनसंख्या भएको शहर । गाउँतिबाट आएकाहरुले देशको राजधानी भनेर निकै आशा गर्छन् । तर यहाँको सार्वजनिक सवारी देखेर उनीहरुलाई यो सहरमा एकछिन बस्न मन लाग्दैन ।

सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौंवासीको अवस्था सकसपूर्ण छ । कार्यालय आउनेजाने समयमा माइक्रोबसलगायतका सवारीमा यात्रुको कन्तबिजोग हेर्दा नै राजधानीको सवारीको दुर्दशा प्रष्ट हुन्छ ।

कोचिएका यात्रुका बीच वृद्धवृद्धा, अपांग र महिलाका लागि यात्रा दुःखद हुने गरेको छ । आरक्षित सिटमा समेत अरु बस्दा उठाउन मुस्किल पर्छ । भीडभाडमा महिलामाथि अभद्र व्यवहार हुने गरेको छ ।

तर काठमाडौंमै पनि लाइन लागेर आफ्नो पालो पर्खेर सवारी चढेको दृश्य देख्न पाइन्छ । रत्नपार्कको उत्तर रानीपोखरीतर्फबाट छुट्ने सवारीमा चढ्न लाइनमा बस्नुपर्ने हुन्छ । त्यहाँबाट निलो माइक्रो तथा बसहरु छुट्छन् । पुरानो बानेश्वर, गौशाला, चावहिल, बौद्धमहाकाली, गौरीघाट र जोरपाटी लगायत जाने सवारी त्यहाँबाट छुट्छन् ।

यातायात व्यवस्था ऐन २०४९ ले सिट क्षमता भन्दा धेरै यात्रु राख्न नपाइने र यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने व्यवस्था गरेको छ । तर कुनै पनि यातायात समितिबाट सञ्चालन हुने सवारीले उक्त प्रावधान मानेको पाइँदैन ।

तस्बिर- चिरायु शाक्य

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : ३९ बजे

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार