महानगरको सौन्दर्य : बस चढ्न पालो कुर्दै (फोटो फिचर) « Khabarhub

महानगरको सौन्दर्य : बस चढ्न पालो कुर्दै (फोटो फिचर)


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक सवारी भनेपछि तपाइको मनमा के आउँछ ? कोचाकोच, भिडभाड, एकले अर्कोलाई उछिन्दै, बल प्रयोग गर्दै चढ्नु । अझ काठमाडौंको त कुरै बेग्लै । सबैभन्दा धेरै जनसंख्या भएको शहर । गाउँतिबाट आएकाहरुले देशको राजधानी भनेर निकै आशा गर्छन् । तर यहाँको सार्वजनिक सवारी देखेर उनीहरुलाई यो सहरमा एकछिन बस्न मन लाग्दैन ।

सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौंवासीको अवस्था सकसपूर्ण छ । कार्यालय आउनेजाने समयमा माइक्रोबसलगायतका सवारीमा यात्रुको कन्तबिजोग हेर्दा नै राजधानीको सवारीको दुर्दशा प्रष्ट हुन्छ ।

कोचिएका यात्रुका बीच वृद्धवृद्धा, अपांग र महिलाका लागि यात्रा दुःखद हुने गरेको छ । आरक्षित सिटमा समेत अरु बस्दा उठाउन मुस्किल पर्छ । भीडभाडमा महिलामाथि अभद्र व्यवहार हुने गरेको छ ।

तर काठमाडौंमै पनि लाइन लागेर आफ्नो पालो पर्खेर सवारी चढेको दृश्य देख्न पाइन्छ । रत्नपार्कको उत्तर रानीपोखरीतर्फबाट छुट्ने सवारीमा चढ्न लाइनमा बस्नुपर्ने हुन्छ । त्यहाँबाट निलो माइक्रो तथा बसहरु छुट्छन् । पुरानो बानेश्वर, गौशाला, चावहिल, बौद्धमहाकाली, गौरीघाट र जोरपाटी लगायत जाने सवारी त्यहाँबाट छुट्छन् ।

यातायात व्यवस्था ऐन २०४९ ले सिट क्षमता भन्दा धेरै यात्रु राख्न नपाइने र यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने व्यवस्था गरेको छ । तर कुनै पनि यातायात समितिबाट सञ्चालन हुने सवारीले उक्त प्रावधान मानेको पाइँदैन ।

तस्बिर- चिरायु शाक्य

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : ३९ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका