अमर नेम्बाङ स्मृति सम्मान विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई  « Khabarhub

अमर नेम्बाङ स्मृति सम्मान विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई 


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरेको छ ।

शुक्रबार पाँचथर सदरमुकाम फिदिममा उनीहरूलाई अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर सम्मान गरेको हो ।

पुरस्कृत दुवै स्रष्टा पत्रकार समेत हुन् । तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् । उनीहरूलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो ।

पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे । अमर नेम्वाङ लिम्बु स्मृति छात्रवृत्ति समेत वितरण गरिएको छ । ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाइ ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले  छात्रवृत्तिको रकम नगद १० हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यसै गरी प्रतिष्ठानले पाँचथरका आगलागी र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ । आगलागीमा ज्यान गुमाएका हिलिहाङ-७ का सेसे पन्दाक, फिदिम-५ का सनिप खाती, फाल्गुनन्द-१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ-७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै गत असार २ गते गएको बाढी पहिरोमा ज्यान गुमाएका हिलिहाङ-७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझी सँगै फालेलुङ-४ की जुना सावदेन, फिदिम-१० का सन्जोग लोवा र फिदिम-५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको थियो । अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो ।

स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मानबाट यसअघि डाक्टर देवी क्षेत्री दुलाल,मुनाराज सेर्मा,डाक्टर गोविन्दराज भट्टराई, बीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा,श्रवण मुकारुङ र प्रेम ओझा सम्मानसहित पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ४३ बजे

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार