अनलाइन भिसा चाहियो ? यस्तो छ प्रक्रिया | Khabarhub Khabarhub

अनलाइन भिसा चाहियो ? यस्तो छ प्रक्रिया



काठमाडौं– नेपालमा दुई जना प्रशासकको चर्चा अलि बढी नै हुने गरेको छ, एकजना विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र अर्का अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ । लोडसेडिङ अन्त्य गरेर कुलमान चर्चामा आएका छन् भने घुस नखाने र प्रशासनिक सुधारमा सक्रिय रहने पहिचान रुद्रसिंहले बनाएका छन् ।

रुद्रसिंह तामाङ केही महिनाअघि मात्रै अध्यागमन विभागको महानिर्देशक बनेका छन् । उनले शुक्रबारदेखि अध्यागमन कार्यालयहरुलाई अटोमेसनमा लगेका छन्, जसका कारण अब भिसाका लागि लाइनमा बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।

अघिल्लो साता बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गरेका महानिर्देशक तामाङले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत् ई–भिसा र त्यसको अनलाइन भुक्तानी प्रणालीको औपचारिक उदघाटन गराएका हुन् ।

कार्यक्रममा महानिर्देशक तामाङले भने, ‘यसबाट सेवाग्राहीले अनलाइनबाट भरेको आवेदनको अवस्था तथा भुक्तानीको विवरण अनलाइन प्रणालीमार्फत ट्रयाक गरी हेर्न सकिने भएको छ भने विभाग तथा कार्यालयहरुबाट प्रदान गरिने सेवाको शुल्क भुक्तानीका लागि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने गरिएको छ ।’

महानिर्देशक तामाङले आगामी फागुन १ गतेदेखि अध्यगमन विभागको सेवा प्रवाह बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हुने बताएका छन् । अहिले विभागका कर्मचारीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्रै काम गर्दै आएका थिए ।

महानिर्देशक तामाङले अध्यागमन विभागको सेवा प्रणालीमा सुधार गरिने जानकारी दिए । उनका अनुसार विभागमा रहेको Kiosk मेसिन हटाएर प्रयोगकर्ता निर्देशिका अर्थात् युजर म्यानुअल सिस्टमबाट काम हुने भएको छ । यसका लागि विभागका कर्मचारीलाई विदेशबाट ह्वाट्एप र भाइबरमा समेत सम्पर्क गर्न सकिने विभागले जनाएको छ । यसका लागि विभागले नयाँ स्वरुपको वेबसाइट शुक्रबार देखि नै सञ्चालनमा ल्याएको छ ।

ई–भिसाको आवेदन कसरी दिने ?

विभागले सुरु गरेको ई–भिसाको आवेदन प्रक्रिया ८ प्रकारका रहेका छन् । यसका लागि www.nepaliport.immigration.gov.np  मा ब्राउज गरी प्रक्रियामा प्रवेश गर्नुपर्ने छ ।

अनलाइनबाट कसरी भुक्तानी गर्ने ?

भिसा वापतको राजस्व अनलाइनबाटै तिर्न सकिने विभागले जनाएको छ । यसका लागि विभागको आधिकारिक वेबसाइटमा गएर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

भिसाको राजस्व भुक्तानीका लागि क्यूआर कोड स्क्यानका साथै निजी वालेटको माध्यमबाट रकम तिर्न सकिने विभागले जनाएको छ ।

तस्बिरहरु- चिरायु शाक्य

यो पनि…

अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ३५ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता