धनाढ्य अम्बानीका छोराको बिहेमा ९ दिनको खर्च ! « Khabarhub

धनाढ्य अम्बानीका छोराको बिहेमा ९ दिनको खर्च !


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको वैवाहिक पार्टीले संसारको ध्यान खिच्यो । विश्वकै महँगो वैवाहिक कार्यक्रमका रुपमा यसले चर्चा पायो ।

भारतका तीन प्रशिद्ध नायक शाहरुख खान, सलमान खान र अमिर खान यही कार्यक्रममा एकसाथ ठुम्का लगाइरहेका भेटिए । जवकी यी तीनजनालाई एकसाथ भेट्टाउन बलिउडका कुनै निर्देशक, निर्माताको पहुँच पुग्दैन भन्ने गरिन्छ ।

अम्बानीले यी नायक मात्रै होइन, बलिउडका चर्चित कलाकार, निर्देशक र निर्मातालाई पनि विवाह समारोहको एउटै मञ्चमा उतारे ।

हलिउड सिलिब्रेटी र विश्व चर्चित धनाढ्य पनि अम्बानीको निम्तो स्वीकार गरेर आए । बिल गेट्स, मार्क जुकर्बग जस्ता धनाढ्यहरु सो समारोहमा उपस्थित भए ।

सबैभन्दा बढी पारिश्रमिक बुझेर अम्बानीको वैवाहिक कार्यक्रममा प्रस्तुति दिने कलाकारका रुपमा गायिका रियानाले चर्चा पाइन् । पारिश्रमिक वापत उनले करिब ७५ करोड भारु बुझेकी थिइन् ।

भीभीआईपी अथितिको सत्कार र कलाकारलाई पारिश्रमिक दिन अम्बानीले मोटो रकम खर्च गरेको पाइएको छ । साथै, उनले खानाको व्यवस्थाका लागि मात्रै २१० करोड भारु खर्चेको बुझिएको छ ।

बढो तामझामाका साथ सम्पन्न वैवाहिक समारोहमा अम्बानीले १२६० करोड भारु खर्च गरेको भारतीय मिडियाहरुको दाबी छ । जम्मा तीनदिन चलेको समारोहमा यति धेरै खर्च हुनु आम सर्वसाधारणको पहुँच बाहिरको कुरा हो । त्यसैले पनि अम्बानीको बिहेले चर्चा पायो ।

तर, मुकेश अम्बानीका लागि यो खर्च सामान्य हो । डलर खर्बपति एवं विश्वका १० धनाढ्यका सूचीमा अटाउने अम्बानीका लागि यस समारोहमा भएको खर्च केही साताको कमाइ मात्र हो । यस अर्थमा अम्बानीले कान्छा छोराको प्री–वेडिङ कार्यक्रम सस्तैमा सल्टाएका छन् । सस्तो यो अर्थमा कि धनाढ्य अम्बानीको हकमा ।

फोर्बस्का अनुसार मुकेश अम्बानीसँग अहिले ११६ बिलियन डलरभन्दा बढीको सम्पत्ति छ । पछिल्लो एक वर्षमा उनको सम्पत्ति ५ बिलियन डलरले बढेको देखिन्छ ।

यस हिसाबले समग्रमा अम्बानीले दैनिक करिब १३५ करोड भारु भन्दा बढी कमाइ गर्छन् । यस हिसाबमा अम्बानीले कान्छो छोराको यस समारोहमा गरेको खर्च करिब ९ दिनको कमाइ बराबर मात्र हो ।

अझ यसरी बुझौँ– १ करोड बराबर एक रुपैयाँ मान्ने हो भने अम्बानीको मासिक कमाइ ४ हजार ५० रुपैयाँ हुन्छ । यसरी सोच्ने हो भने उनले रियानालाई ६५ रुपैयाँ पारिश्रमिक दिए । क्याटरिङमा उनले २१० रुपैयाँ खर्च गरे । सबै खर्च गरेर उनले १२८० रुपैयाँमा कान्छा छोराका प्री–वेइडिङ सल्टाए ।

यो हिसाबमा अम्बानीको एक महिनाको कमाइबाट जम्मा एक तिहाइ हिस्साभन्दा कम खर्च भएको देखिन्छ । अर्थात् अझै उनीसँग उनको मासिक कमाइबाट २७७० रुपैयाँ बचेको छ ।

यसअर्थमा ‘घाँटी हेरेर हाड निल्नु’ भन्ने कथनलाई मुकेश अम्बानीले बढो चलाखीपूर्ण ढंगले पालना गरेको देखिन्छ ।

छोराको वैवाहिक कार्यक्रमको खर्चको चर्चा विश्वभर भए तापनि ढुकुटी भने जत्तिको त्यति । ९ दिनको कमाइ मात्रै सकियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ०२ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ