महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता « Khabarhub

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् । 

मेलामा तनहुँभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका-३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ । मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको जानकारी दिए। 

उनले भने, “महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने कार्यक्रम हुँदैछ भन्ने जानकारीमा आएपछि दमौली आइपुगेका हौँ । मेलामा मुस्ताङमा उत्पादित अर्गानिक सामग्री बिक्रीका लागि राखिएका छन् ।” रसाइलीका अनुसार सिस्नोको पाउडर, जिम्बु, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, स्याउको जुस बिक्रीका लागि राखिएको छ । 

मेलामा हालै मात्र सीप सिकेर साबुन बनाएका महिलाले झोल साबुन बिक्रीका लागि राखेका छन् । म्याग्दे गाउँपालिकाको सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि झोल साबुन बिक्रीका लागि राखेका हुन् । मेलामा व्यास नगरपालिका-११ महिलाले थाकलबाट बनाइएको टोपी प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सङ्घले पहिलो पटक व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आयोजना गरेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन् । उत्पादित सामग्रीको बजारीकरणमा सहयोग पुर्‍याउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

अध्यक्ष मल्लले भनिन्, ‘परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।’ उनका अनुसार मेलामा ५० स्टल रहेका छन् । 

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । मल्लका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीयस्तरमा उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइनेछ । 

तीन दिनसम्म चल्ने मेलामा करिब ४० हजार दर्शक रहने आयोजकको अनुमान छ । मेला सम्पन्न गर्नका लागि करिब सात लाख खर्च हुनेछ । लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने महिला उद्यमी सङ्घ दुलेगौंडा इकाई अध्यक्ष तुलसी शाहले बताइन्। उनले भनिन्, ‘अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग पुग्नेछ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ०९ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त