अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु « Khabarhub

अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा  गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले बताए । 

दिलाराम जिल्लालाई प्रान्तीय राजधानी जरन्ज सहरसँग जोड्ने सडकमा शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको घटनास्थलमै मृत्यु भएको र एक बालकसहित अन्य तीन जना घाइते भएको अधिकारीले बताए ।

अफगानिस्तानमा  बुधबारको  दुर्घटनामा पूर्वी गजनी प्रान्तमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
अफगान अधिकारीहरूका अनुसार त्रुटिपूर्ण ड्राइभिङ, भीडभाडयुक्त सडक, यात्राको क्रममा सुरक्षा उपायहरू अवलम्बन नगरिनु र जीर्ण राजमार्गहरू सडक दुर्घटनाका प्रमुख कारण हुन् । 

राष्ट्रिय ट्राफिक अधिकारीहरूको पछिल्लो तथ्यांकले गत दश महिनामा अफगानिस्तानमा सडक दुर्घटनामा परी एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको र चार हजारभन्दा बढी घाइते भएको देखाएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ४ : ५३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग