तेस्रो भक्तपुर कप : पाण्डुबजार एफसी विजयी  « Khabarhub

तेस्रो भक्तपुर कप : पाण्डुबजार एफसी विजयी 


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० पाण्डुबजार फुटबल क्लब (एफसी) पाण्डुबजार भक्तपुरको पोल्टामा परेको छ। 

भक्तपुर युवा टिम भक्तपुर नगरपालिका वडा नम्बर ७ गोल्मढी भक्तपुरको आयोजनामा शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार विजयी हुन सफल भएको हो। पाण्डुबजारले ३-२ गोलले जित हासिल गरेका हो। 

खेल सुरु भएको पहिलो ६ मिनेटमै पराजित सामाजिककोतर्फबाट जर्सी नम्बर १० का डीवी चौधरीले गोलको सुरुवात थालेका थिए। तर, पनि सामाजिकले नतिजा आफ्नो हात पार्न सकेन। त्यसपछि खेल सुरु भएको २१औं मिनेटमा विजयी पाण्डुबजारकोतर्फबाट जर्सी नम्बर ७ का विवेक कवांले गोल गरी खेल बराबरीमा पुगेको थियो।

त्यसपछि रोमाञ्चक रुपमा अघि वढेको खेलमा फेरि पाण्डुबजारकै उही बिबेकले पहिलो हाफकै २८औं मिनेटमा थप एक गोल गरी विजय यात्रा तय गरेका थिए। त्यसपछि खेलको ३४औं मिनेटमा विजयी पाण्डुबजारकै जर्सी नम्बर ४ का सतिश सुवालले पुन एक गोल गरी विजयी सुनिश्चित जस्तै बनाएका थिए। तर, जितको थालनी गरेको पराजित सामुदायिकबाट जर्सी नम्बर ९ का रोशन राईले एक गोल फर्काउन सफल भएका थियो। त्यसपछिबाट दुैवै टिमकोतर्फबाट कुनै गोल हुन सकेन र ३(२ गोलबाट पाण्डुबजारले कप चुमे।

प्रतियोगितामा प्रथम हुन सफल पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरे। दोश्रो हुन बाध्य सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफी प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए। अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको बताए।

प्रतियोगिताको उत्कृष्ट गोल किपरका रुपमा सामाजिक युवा क्लवका शुशिल कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डुबजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लवका सन याका, बेष्ट स्टाइकर पाण्डुबजारकै विवेक कवां, बेष्ट कोच पाण्डुबजारका रुपेन अवाल भएका थिए।

प्रतियोगितामा उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट दर्शकका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउलालाई पुरस्कृत गरिएको थियो। प्रतियोगिता फागुन १६ गते शुक्रबारदेखि सुरु भएको थियो। 

पुरस्कार वितरण समारोहमा विशेष अतिथि बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांसहितले बधाई दिएका थिए।

साथै आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् टिमका सल्लाहकार उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसीसहितका अतिथीहरूले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए। सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक भौतिक सहयोग गर्ने संघसंस्था र महानुभावहरुलाई आयोजकहरुको तर्फबाट प्रशंसापत्र वितरण भएको गरिएको थियो।

यसअघि प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। 

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट खेलाडीको रुपमा सामाजिक युथ क्लबका ओसन राई घोषित भएका थिए भने फाइनल खेलसँगै प्रतियोगिताको उद्यीमान खेलाडीको रुपमा सामाजिक युथ क्लबका रोशन राई, उत्कृष्ट खेलाडीको रुपमा विजेता पाण्डुबजारका इब्राहिम फोफोना घोषित भएका थिए।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ०६ बजे

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो– सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त