बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ | Khabarhub Khabarhub

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


52.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।

एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन्।

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक-पटक बलात्कार गरेको पीडितको उजुरी छ। अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ।

तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्को मुद्दा दायर भएको छ। जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन्। प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक-पटक बलात्कार भएकोमा अर्को मुद्दा दायर भएको छ। जसमा रुकुम पश्चिमका खडकप्रसाद गिरी पक्राउ परेका छन्। यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ३० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार