बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ « Khabarhub

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


52.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।

एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन्।

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक-पटक बलात्कार गरेको पीडितको उजुरी छ। अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ।

तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्को मुद्दा दायर भएको छ। जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन्। प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक-पटक बलात्कार भएकोमा अर्को मुद्दा दायर भएको छ। जसमा रुकुम पश्चिमका खडकप्रसाद गिरी पक्राउ परेका छन्। यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ३० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको