आजका समाचार प्रधानमन्त्रीको ब्रिफिङदेखि हङकङसँग नेपाल पराजितसम्म | Khabarhub Khabarhub

आजका समाचार प्रधानमन्त्रीको ब्रिफिङदेखि हङकङसँग नेपाल पराजितसम्म


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ, विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने, राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला, कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध, हङकङसँग नेपाल पराजितलगायत रहनेछन् ।

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ
प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिका बारेमा संसदीय दललाई जानकारी गराएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।

त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी दिए ।

विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने

राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

महिला सशक्तीकरणमा एमाले अग्रणी छ : अध्यक्ष ओली

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

सन्त नेता किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का

निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए।

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले गर्दैन : महामन्त्री शर्मा

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

रक्तदानलाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्नुपर्छ : सञ्चारमन्त्री

बागमती प्रदेशसभाको बैठक मङ्गलबार बस्ने

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय : राजदूत सुवेदी

खानेपानी समस्या क्रमशः समाधान गरिने छ : मन्त्री राई

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोका कारण आज दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । यसअघि यही फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

ललितकला प्रदर्शनीमा युवाको आकर्षण

घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला, चार जना पक्राउ

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ

खेलकुद…

हङकङसँग नेपाल पराजित
हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । शनिबार नेपाललाई ७३ रनले पराजित गर्दै घरेलु टोलीले प्रतियोगिताको उपाधि जितेको हो ।

हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १ सय ३९ रनमा समेटिएको छ । बिनोद भण्डारीले ४२, रोहित पौडेलले ३० र आरिफ शेखले ३८ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।


नेपालको सुरुवात भने राम्रो रह्यो । उसले ३ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । त्यसपछि नेपालले थप २२ रन जोड्न बाँकी सबै विकेट गुमाएको हो ।

तेस्रो भक्तपुर कप : पाण्डुबजार एफसी विजयी

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी

अन्तर्राष्ट्रिय

पश्चिमी इन्डोनेसियामा बाढी र पहिरोमा १० को मृत्यु, १० बेपत्ता
पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको शनिबार स्थानीय विपत् व्यवस्थापन निकायले जनाएको छ । उक्त घटनामा अन्य दश जना बेपत्ता भएका छन् ।

पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका प्रमुख डोनी गुस्रीजलले एक विज्ञप्तिमा उद्धारकर्ताहरूले अझै पनि अन्य बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको उल्लेख गरे। बाढी र पहिरोबाट प्रभावितहरूलाई उद्धार गरिरहेका छन् ।

अफगानिस्तान सडक दुर्घटनामा सात जनाको मृत्यु

साइप्रस हुँदै गाजाका लागि सहायता पठाउने तयारी

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा छ जना बेपत्ता

पहिलो पटक फेब्रुअरीमा चीनमा उपभोक्ताको मूल्य बढ्यो

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ७ : ५९ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ