आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज २०८० साल चैत २७ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ९ तारिख। चैत शुक्ल पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : काममा अवरोध हुने जोखिम छ। जुनसुकै योजना अगाडि बढाउँदा पनि सचेत हुनु राम्रो हुन्छ। हरेक क्षेत्रमा जस्तै यात्रामासमेत जोखिम देखिन्छ। अप्ठेरो परिस्थितिमा पनि परिवारको भने साथ रहनेछ।

वृष : सिर्जनात्मक क्षमताको विकास हुनेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। शिक्षामा सम्मान हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मिथुन : महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन छ। समाजसेवामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

सिंह : खर्च बढ्नेछ। आफू कमजोर भएको सोचाइ मनमा उब्जन सक्छन्। शिक्षामा भने सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारमा भने खटपटी हुने जोखिम छ।

कन्या : अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। शिक्षाबाट उत्साह बढ्नेछ। स्वदेशी लगानीमा सफलता मिल्नेछ। पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ।

तुला : स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो। खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ। तपाईंको काम देखेर परिवार र समाजले प्रशंसा गर्नेछन्।

वृश्चिक : रोकिएको कामको सुरुवात हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ नयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ।

धनु : महत्त्वपूर्ण काममा अवरोध हुनसक्छ। लगानी गरेका क्षेत्रमा विवाद हुने देखिन्छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अवसर धेरै आएका छन्। बोलीको प्रभावले हरेक काम बन्नेछन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : श्रमको मूल्य प्राप्त हुनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ।

मीन : परिवारसँग रमाउने दिन छ। समाजसेवामा मन जानेछ। परिवारमा रमाउनु नै आजको दिनको उपलब्धि मान्नुपर्नेछ। आकर्षक उपहार प्राप्त हुने योगसमेत रहेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : १९ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा