शैक्षिक सत्र सुरु हुनु अगावै मुगुमा पुगे पाठ्यपुस्तक « Khabarhub

शैक्षिक सत्र सुरु हुनु अगावै मुगुमा पुगे पाठ्यपुस्तक


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मुगु – सधै जसो पाठय पुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीले यो पटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन्। शैक्षिक सत्र सुरु हुन एक साता अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछि मुगाली विद्यार्थीले हातमा पुस्तक सहित कक्षामा प्रवेश गर्ने भएका हुन्।

विगतका वर्षमा विद्यार्थीले वार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउदा अधुरो पढाइमै परीक्षा दिँदै आएका थिए। जिल्लास्थित चार वटा स्थानीय तहमध्ये शुक्रबारसम्म छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पुस्तक बिक्रेताले पाठ्यपुस्तक पालिका केन्द्रमा पुर्याइसकेका छन्।

छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयका लागि पहिलो चरणमा चार हजार पाँच सय सेट पुस्तक जिल्लामा पुगेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपराइटर लक्ष्मी भामले बताए।

विगत वर्षमा विद्यार्थीले पुरै विषयका पुस्तक नपाएको र जनक शिक्षामा पुस्तक अभाव थियो। बिक्रेताले ढिलो किताब उठाउदा जनक शिक्षामा पुरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय आइपुग्ने गरेका थिए। यो वर्ष समयमै पुस्तक ल्याउन ताकेता गरेकाले विद्यार्थीले भर्नासङ्गै पुस्तक पाउने भएका छ्न्।

उता जिल्लाको उत्तरी सोरु गाउँपालिकामा पनि यो वर्ष समयमै पुस्तक पुगेका छन्। पालिकामा रहेका ३८ वटा सामुदायिक विद्यालयका लागि पुस्तक बिक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले चार हजार सात सय ७१ विद्यार्थीका लागि पुग्ने गरी सबै विषयका पुस्तक पालिकामा पुगिसकेका छन्।

 

मंगलबारदेखि विद्यालयविद्यालयमा पुस्तक वितरणको काम सुरु हुँदैछ। मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका एक हजार दुई सय विद्यार्थीका लागि पुस्तक विक्रेताको जिम्मा युके स्टेशनरीले पाएको छ।

बिक्रेताले गत शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझेर पालिका केन्द्रसम्म पुस्तक यसअघि नै पुगिसकेको मुगुम कार्मारोङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिए।

जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि पुस्तक बिक्रेताको जिम्मा लिएको एम भि इन्टरप्राइजेजले गत आइतबार नै पालिकामा पुस्तक पुर्याइ बिक्री वितरण सुरु गरिसकेको शिक्षा शाखा प्रमुख दानबहादुर बुढाले जानकारी दिए।

शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ। १५ गतेसम्म विद्यालयमा भर्ना अभियान सञ्चालन हुनेछ। चैतमै पुस्तक जिल्लामा पुगेकाले भर्नासँगै विद्यार्थीको हातहातमा पुस्तक पाउने भएका छन्।

विगतका वर्षमा पुस्तक नपुगेको गुनासो मात्र नभएर पुस्तक बिना नै परीक्षा लेख्नुपर्ने बाध्यतामा विद्यार्थी थिए। यो वर्ष भने पुस्तक नपुगेको गुनासो सुन्नुपर्ने अवस्था नबन्ने शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त प्रमुख खड्कराज भियालका अनुसार जिल्लामा रहेका एक सय ३९ सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीले अनिवार्य विषयका पुस्तक निःशुल्क पाउने छन्। -अच्युतराज भण्डारीबाट

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : २८ बजे

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा