‘कांग्रेस र कम्युनिस्ट दुबै बिग्रिए’ | Khabarhub Khabarhub

‘कांग्रेस र कम्युनिस्ट दुबै बिग्रिए’



नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर ०४६ साल चैत २६ गते बहुलीय व्यवस्था स्थापना भएको थियो। तर, नेताहरुले ३४ वर्ष पहिलेको दिनलाई सम्झेर त्यसको उपलब्धिलाई रक्षा गर्नेतिर खासै ध्यान दिएको र कुनै कार्यक्रम गरेको देखिएन। पुराना नेताहरूमा सत्तामा रमाउने र भविष्यप्रति चिन्तित नहुने रोग लाग्यो। नयाँ पुस्ता पनि इतिहास बुझ्नतिर लागेनन्। उनीहरू पनि रमाउनेतिर नै लागे।

इतिहास बिर्सिने रोग समाजमा लाग्ने ठुलो रोग हो। यो रोगले भविष्य सुन्दर बनाउँदैन। निजी फाइदामा लाग्ने राजनीतिक सोचको प्रभाव देशमा धेरै बढेको छ र राजनीतिक वितृष्णा, राजनीतिक आक्रोश र राजनीतिप्रतिको निराशा अहिले चर्को रूपमा आएको छ।

पछिल्लो राजनीतिलाई हेर्ने हो भने नेपाली कांग्रेसले बीपीलाई बिर्सेको छ। एमालेले मदन भण्डारी वा मनमोहनलाई बिर्सेको छ। माओवादीले जनयुद्धमा बलीदानी गरेका तमाम योद्धालाई बिर्सेको छ। यही त रहेछ नि राजनीति, आखिर सबै कुरालाई बिर्सिँदै जाने, इतिहासमा फर्केर नेतृत्वले के पाउँछ र भन्ने भयो।

इतिहास सम्झिनु भनेको भविष्यप्रति सकारात्मक सोच राखेर राष्ट्रप्रति समर्पित हुनु हो। जसले विगत बिर्सिन्छ, त्यसले वर्तमान र भविष्यमा केही राम्रो गर्दैन। कांग्रेसका बीपीको विचार र आदर्श कांग्रेसले पछ्याएन। एमाले त्यस्तै, माओवादी त्यस्तै। सबै भुलेर कमाउ मान्छेसँग मिलेर रमाएका छन् । यो कुनै स्वाभाविक घटनाक्रम हैन। किनकि, विगत बिर्सिनेले भविष्यका बारेमा कुनै पनि सुन्दरताको अनुभूति पाउँदैन।

कांग्रेसका बीपीको विचार र आदर्श कांग्रेसले पछ्याएन। एमाले त्यस्तै, माओवादी त्यस्तै। सबै भुलेर कमाउ मान्छेसँग मिलेर रमाएका छन् । यो कुनै स्वाभाविक घटनाक्रम हैन। किनकि, विगत बिर्सिनेले भविष्यका बारेमा कुनै पनि सुन्दरताको अनुभूति पाउँदैन।

चैत्र २६ सम्झिन भन्दा घोडेजात्रा सम्झिन मान्छेलाई रमाइलो लागेको छ। नेतालाई पनि त्यही रमाइलो लागेको छ। त्यो ३० वर्षको पञ्चायती शासनमा कति सपुतहरूले ज्यान गुमाएका थिए ? धेरै युवाले कठोर जेल जीवन बिताउनुपरेको थियो। यता आएपछि सत्ता र खुसीभन्दा बाहिर ध्यान नै गएन। उन्नतिभन्दा अवन्नति धेरै, विकृति धेरै, मान्छेहरूमा आशा भन्दा निराशा धेरै भएर आएको छ। यसमा कसरी समाधान गरेर अगाडि जाने भनेर काहीँ, केही छलफल, मनन भएको देखिँदैन।

तत्कालीन राजा वीरेन्द्रसँग वार्ता गर्न हामी ०४६ साल चैत्र २६ गते बेलुका कांग्रेस र कम्युनिस्टका ४ जना नेताहरू गएका थियौं। कांग्रेसबाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला अनि वामपन्थीबाट साहना प्रधान र म गएका थियौँ।

त्यसबेलाको हाम्रो बटमलाइन भनेको राजाको निरंकुशता र पञ्चायती व्यवस्था पूरै विघटन हुनुपर्छ, राजाले संविधानको दायरामा आउने वचनबद्धता हुनुपर्छ, त्यसअनुसारको संविधान बन्नुपर्छ र संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना हुनुपर्छ भन्ने थियो। त्यसबेलाका आन्दोलरत शक्तिहरु नेपाली कांग्रेस र वामपन्थीका ७ वटा संगठन (नेकपा माले, नेकपा मार्क्सवादी, चौथो महाधिवेशन, नारायणमान बिजुक्छे, तुलसीलालको पार्टी र पदमरत्न तुलाधरसहितको वाममोर्चा) को राम्रो समझदारी बनेको थियो।

त्यसदिन पार्टीमाथिको प्रतिबन्ध खुलाउँदै नयाँ अन्तरिम सरकार बनाउने सहमति भएको थियो। नेपाली नेतासँगै मिलेर अगाडि बढ्ने हँसिलो मुहार राजा वीरेन्द्रको देखिएको थियो।

कांग्रेस-कम्युनिस्ट दुबैमा विचलन आयो
२०४६ सालभन्दा पहिले नेपालका कम्युनिस्टमध्ये सशक्त सङ्गठनका रूपमा नेकपा (माले) थियो। नेकपा चौथो महाधिवेशन थियो। मार्क्सवादी थिए। तैपनि राष्ट्रिय शक्ति परिचालनको ठाउँमा वामपन्थीको हैसियत आइसकेको थिएन। २०४६ सालको आन्दोलनमा संयुक्त भएर कांग्रेससँगको सहकार्यलाई लिएर राजतन्त्रको निरंकुशताको विरुद्धमा सडकमा आएपछि र अन्तर्राष्ट्रिय समर्थनसमेत त्यो आन्दोलनले पाइसकेपछि देशमा एउटा नयाँ स्थिति आयो।

२०४६ सालभन्दा पहिले नेपालका कम्युनिस्टमध्ये सशक्त सङ्गठनका रूपमा नेकपा माले थियो। नेकपा चौथो महाधिवेशन थियो। मार्क्सवादी थिए। तैपनि राष्ट्रिय शक्ति परिचालनको ठाउँमा वामपन्थीको हैसियत आइसकेको थिएन।

त्यो नयाँ स्थितिमा वामपन्थीहरुको शक्ति पनि सडकमा निस्कियो। २०१५ सालमा चार सिट जितेको वामपन्थी २०४६ सालपछि आधा पार्लियामेन्टको झन्डै नजिकै पुगिसकेको रहेछ भन्ने कुरा त्यहाँ देखा पर्यो।

मदन भण्डारीकै पहलमा नेकपा माले बन्यो र यसलाई प्रजातान्त्रीकरण गर्दै जनताको बहुदलीय जनवादको बाटोमा अगाडि बढायो। त्यसको निम्ति पनि ०४६ साल चैत्र २६ गते एउटा निर्णायक दिन थियो। वामपन्थीलाई डेमोक्रेटिक जगतमा उभ्याउने एउटा दिनको रूपमा त्यो उभिएको थियो। तर, अहिले पार्टीमा जुन विकृति आएको छ, नेताहरु त्यसैमा रमाएका छन्। तर वामपन्थी आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने धारले त्यसले गति लिएको छैन।

नेपाली कांग्रेसले २०१५ सालको निर्वाचनमा ७५/७६ सिट जितेको थियो। तीमध्ये २०४६ सालमा आइपुग्दा ६ जना मात्रै कांग्रेसमा थिए, सबै पञ्चायतमा गइसकेका थिए। वामपन्थीमा पनि एउटा केशरजंग रायमाझीको नेतृत्वमा बनेको शक्ति पञ्चायतमा सघाउने भनेर गइसकेको थियो। त्यति हुँदाहुँदै पनि पछि गएर नेकपा माले कालमा पञ्चायतलाई उपयोग गर्ने नाममा पञ्चायतभित्रै गएर विरोध गर्ने शैलीमा जनपक्षीय उम्मेदवारका रूपमा केही सदस्यलाई पठाएर आवाज उठाउने अवस्था आएपछि त्यसले पनि पञ्चायत ढाल्न मद्दत गर्यो।

अहिले कांग्रेसलाई यो देशको शक्ति भनेको हामी मात्रै हौँ भन्ने थियो। यिनीहरूले ३० वर्षको अवधिमा आउँदा हामी मात्रै हैन, यो देशमा वामपन्थी शक्ति पनि क्रियाशील रहेछ भन्ने थाहा पाए।

एमालेमा पनि मनमोहनपछि केपी, झलनाथ, माधव सबै विकृत हुने अवस्थामा आए। अहिले देशमा न डेमोक्रेटिक धार आदर्शमा बाँच्यो, न वामपन्थी धार। त्यसकारण राजनीतिक संकट बढ्दै गएको छ।

बहुदल आइसकेपछि र अझ गणतन्त्र आएपछि वामपन्थी नेतृत्वमा विकृति आयो। नेतृत्वले बेइमानी गर्यो, जसका कारणले आज देशमा ६० प्रतिशत मतादाता नजिकमा हुँदाहुँदै पनि वामपन्थीको बेहाल छ। ०४६ पछि कांग्रेसमा आदर्श नेतृत्व भएन। पहिला बीपीको नेतृत्व थियो, जहाँ उनी वामपन्थीसँग सहकार्य नै गर्दैनथे।

बहुदल आएसकेपछि कांग्रेसमा गणेशमान र कृष्णप्रसाद अटाएका थिए। उनीहरुपछि कांग्रेसको नेतृत्वमा कमाऊ र रमाउको नेतृत्व आए।

एमालेमा पनि मनमोहनपछि केपी, झलनाथ, माधव सबै विकृत हुने अवस्थामा आए। अहिले देशमा न डेमोक्रेटिक धार आदर्शमा बाँच्यो, न वामपन्थी धार। त्यसकारण राजनीतिक संकट बढ्दै गएको छ। उपलब्धि नै भएन। त्यसकारण मान्छेमा निराशा छ। सहजताको अनुभूति गर्न सकेका छैनन्।

(पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनालीसँग रेडियो क्यानडिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ३१ बजे

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि

भोजपुरको कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुर– भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको

आईपिएल : दुई विस्फोटक टिमको उपाधि भिडन्त

इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासका १० वटा धेरै योगफलका खेलमध्ये

निःशुल्क मुटु परीक्षण शिविर : सात सयजना लाभान्वित

बागलुङ– बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क