बिस्का जात्रा आज सुरु हुँदै « Khabarhub

बिस्का जात्रा आज सुरु हुँदै


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि सुरु हुँदैछ ।

आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ ।

काठैकाठको प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो)क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।

बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वनेथनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परम्परा छ ।

नयाँवर्ष सुरु हुनु अघिल्लो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । वैशाख १ गते लिङ्गो ढालिन्छ । बिस्केट जात्रा वैशाख ५ समापन हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ५६ बजे

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई