कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस | Khabarhub Khabarhub

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्।

एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।

एमाले माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा दाबी पेस गरेको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् । प्रदेश प्रमुख  खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग

कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

कोशीमा नयाँ सरकार गठनको आह्वान

मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको पत्रलाई पनि प्रदेश प्रमुखले आधार बनाएका छन् । उता  प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको मागबारे खापुङले महान्यायधिवक्ता डा. दीनमणि पोखरेलको राय पनि लिएका थिए। पोखरेलकै रायका आधारमा नयाँ सरकार गठबननका लागि आह्वा गरिएको थियो ।

नयाँ मुख्यमन्त्रीमा दावी पेस गरेका कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।

तर केन्द्रको सत्ता समीकरण भत्किएपछि उनले १४ असार २०८० मा राजीनामा दिनुपरेको थियो । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताका रुपमा उनी एक महिना मुख्यमन्त्री बने । तर विश्वासको मत जुटाउन नसक्दा कार्कीले २० असोजमा राजीनामा दिए ।

केन्द्रमा गत फागुन २१ गते एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्दैछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदले हस्ताक्षर गरेर समर्थन जनाएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान भएबमोजिम दाबी पेशपछि सांसदहरूको हस्ताक्षर सनाखत गर्न लागिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

यसअघि गत असोज २७ गते सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेका थिए ।

एमालेका कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरिरहँदा कांग्रेसका कार्की भने सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौं पुगेका छन् । उपधारा ५ अनुसार आफ्नो सरकार हुँदाहुँदै अर्को सरकार बनाउनु संविधानविपरीत हुने जिकिर कार्कीको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ११ : ४६ बजे

काठमाडौंमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको