‘जनतामा आशा जगाउने बजेट ल्याउँछु’ - अर्थमन्त्री पुन | Khabarhub Khabarhub

‘जनतामा आशा जगाउने बजेट ल्याउँछु’ – अर्थमन्त्री पुन


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्‌ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताएका हुन्‌ ।

बजेटलाई परिणाममूखी बनाउन प्रायः सबै क्षेत्रसँग छलफल गरिरहेको जानकारी दिँदै पुनले गत वर्षभन्दा मुलुकको अर्थतन्त्र केही राम्रो भएको पनि दाबी गरे । थप राम्रो बनाउन आशावादी ढंगले नै बजेट निर्माण भइरहेको उनले बताए ।

निजी क्षेत्रको मनोबल घटेको बताउँदै पुनले त्यसलाई उठाउन प्राथमिकता दिने र सम्पत्ति तथा व्यवसायको सुरक्षामा सरकारबाट विश्वास दिलाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

उनले नेपाल राष्ट्र बैंक सरकारको नीतिबाट बाहिर नहुने भन्दै नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरूपता कायम गराउने पनि दाबी गरे । विद्युतीय सवारीसाधनमा कर बढाउन दबाब आइरहेको तथा यसैका कारण ४० अर्ब रुपैयाँजति राजस्व गुमे पनि अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने अर्थमन्त्रीको भनाइ छ ।

उनले केहि क्षेत्रमा सुधारको माग भएको भन्दै त्यसतर्फ बजेटमार्फत विशेष प्राथमिकता दिइने संकेत गरेका छन्‌ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : १३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले