विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव : मुख्यमन्त्री कँडेल


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताएका छन्  ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान तथा प्रविधि भएको बताए।

उनले भने, ‘विश्वको लागि विज्ञान र प्रविधि  विकास एवं समृद्धिको मूल औजार बनेको छ । समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।’

विज्ञान र प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अझ फराकिलो बनाउने काममा  सम्मेलनले सहयोग पुर्‍याउने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले भने, ‘विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम सिर्जना हासिल गर्न विद्यार्थीलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरूमा भएको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीन विचारमार्फत उनीहरूलाई नवीनतम कामका लागि अभिप्रेरित गर्नेछ ।’

विज्ञान र प्रविधि क्षेत्रको कार्यले नीति निर्माण तहमासमेत महत्त्वपूर्ण सुझाव र राय प्राप्त हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले युवा वैज्ञानिकका कार्य प्रशंसनीय भए पनि राज्यको लगानी यसमा पर्याप्त नभएको टिप्पणी गरे । ‘राज्यको ध्यान यसमा जान सकेको छैन । स्रोत साधनको अभावमा पनि नेपालका कैयन युवा वैज्ञानिकले विश्वस्तरमा प्रतिस्पर्धा गरेको खबरले हर्षित तुल्याएको छ’, उनले भने ।

विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रूपान्तरण हुनसक्छ भन्दै मुख्यमन्त्री कँडेलले युवाको ज्ञान, सीप र सिर्जनालाई प्रोत्साहन गर्न सके मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए ।

देशलाई समुन्नत बनाउन र आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न तथा  जनताको स्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधि आवश्यक पर्ने औँल्याउँदै उनले अनुसन्धानकर्तासँगको सहयोग र सहकार्यमार्फत प्रविधिको विकासलाई संवर्द्धन गर्न कर्णाली सरकार विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान  र प्रविधिको सहयोगले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले विश्वविद्यालयको उन्नयन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने साझा थलो भएको बताए । सम्मेलनमा प्राध्यापक रामेश्वर अधिकारीले ‘विज्ञान, प्रविधि र आजको युवा’सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ३९ बजे

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको