विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव : मुख्यमन्त्री कँडेल « Khabarhub

विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव : मुख्यमन्त्री कँडेल


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताएका छन्  ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान तथा प्रविधि भएको बताए।

उनले भने, ‘विश्वको लागि विज्ञान र प्रविधि  विकास एवं समृद्धिको मूल औजार बनेको छ । समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।’

विज्ञान र प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अझ फराकिलो बनाउने काममा  सम्मेलनले सहयोग पुर्‍याउने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले भने, ‘विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम सिर्जना हासिल गर्न विद्यार्थीलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरूमा भएको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीन विचारमार्फत उनीहरूलाई नवीनतम कामका लागि अभिप्रेरित गर्नेछ ।’

विज्ञान र प्रविधि क्षेत्रको कार्यले नीति निर्माण तहमासमेत महत्त्वपूर्ण सुझाव र राय प्राप्त हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले युवा वैज्ञानिकका कार्य प्रशंसनीय भए पनि राज्यको लगानी यसमा पर्याप्त नभएको टिप्पणी गरे । ‘राज्यको ध्यान यसमा जान सकेको छैन । स्रोत साधनको अभावमा पनि नेपालका कैयन युवा वैज्ञानिकले विश्वस्तरमा प्रतिस्पर्धा गरेको खबरले हर्षित तुल्याएको छ’, उनले भने ।

विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रूपान्तरण हुनसक्छ भन्दै मुख्यमन्त्री कँडेलले युवाको ज्ञान, सीप र सिर्जनालाई प्रोत्साहन गर्न सके मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए ।

देशलाई समुन्नत बनाउन र आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न तथा  जनताको स्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधि आवश्यक पर्ने औँल्याउँदै उनले अनुसन्धानकर्तासँगको सहयोग र सहकार्यमार्फत प्रविधिको विकासलाई संवर्द्धन गर्न कर्णाली सरकार विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान  र प्रविधिको सहयोगले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले विश्वविद्यालयको उन्नयन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने साझा थलो भएको बताए । सम्मेलनमा प्राध्यापक रामेश्वर अधिकारीले ‘विज्ञान, प्रविधि र आजको युवा’सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ३९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी