जसपा विभाजनको तनावबीच उपेन्द्रले ‘बहिष्कार’ गरे मन्त्रिपरिषद् बैठक | Khabarhub Khabarhub

जसपा विभाजनको तनावबीच उपेन्द्रले ‘बहिष्कार’ गरे मन्त्रिपरिषद् बैठक

संघसँगै मधेशमा पनि अप्ठेरो पार्न खोजेको गुनासो


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफू अमेरिका भ्रमणमा रहेकै बेला यही आइतबार जनता समाजवादी पार्टी विभाजित भएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव संघदेखि अब मधेश प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन् ।

पार्टी फुटेर तनावमा रहेका उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक नै बहिष्कार गरेका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनी अनुपस्थित भए ।

मन्त्रिपरिषद् बसिरहँदा यादव भने अशोक राईले निर्वाचन आयोगबाट प्रमाणपत्र समेत लिइसकेको दललाई अदालतबाट मान्यता खोस्न सकिने उपायको खोजीमा थिए ।

मन्त्रिपरिषद् बसिरहँदा काठमाडौंमै रहेका उनी कानुन व्यवसायी र नेता कार्यकर्तासँगको संवादमा थिए । उनी आइतबार सर्वोच्च अदालत जाने तयारीमा छन् ।

अशोक राईले प्रतिनिधि सभाका १२ सिटमध्ये ७  सिट आफूतिर लगेपछि उपेन्द्रको राजनीतिक उचाई यतिबेला खुम्चिएको छ ।

मधेश प्रदेशको सत्ताबाट पनि बाहिरिने अवस्था बन्दै गएपछि उनले बिहीबारको मन्त्रिपरिषद् बैठक बहिष्कार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश दिन खोजे ।

तर उनका स्वकी सचिव महेश चौरसियाले मन्त्रिपरिषद् बहिष्कार गरेको नभइ अन्य काममा व्यस्त भएकाले नगएको बताए ।

‘पार्टी विभाजन भएपछि उहाँ अहिले कानुनी तथा अन्य परामर्शमा हुनुहुन्छ ,’ चौरसियाले खबरहबसँग भने, ‘मन्त्रिपरिषद् बसेकै बेला कानुन व्यवसायीसँग परामर्श कार्यक्रम राखिएकाले आज नजानु भएको हो । बहिष्कार गरिएको होइन ।’

बिहीबार नै मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने तयारी गरेको थियो । मागेको मन्त्रालय नदिएको भन्दै माओवादीले मधेश प्रदेश सरकार छाड्न खुट्टा उचालेपछि यादवले असन्तुष्टिस्वरुप मन्त्रिपरिषद्मा सहभागी नभएका हुन् ।

अर्थ मन्त्रालय नपाएको भन्दै माओवादी संसदीय दलका नेता भरत साह मुख्यमन्त्री यादवसँग रुष्ट छन् । मुख्यमन्त्री यादवले साहलाई वन तथा वातावरण मन्त्रालया दिएका छन् । तर साह नस्वीकारी बसकेा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को सत्ता गठबन्धन ढालेर कांग्रेससँग मिल्ने योजना बनाएको आरोप यादवमाथि छ । अशोक राईले पनि त्यही आरोप लगाएका छन् ।

उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद् बैठक छाडेर पार्टी कार्यालयमा नेता कार्यकर्ता र कानुन व्यवसायीसँग उनले लामो छलफल गरेका छन्। मधेश प्रदेश सरकारमा आफ्नै नेता सरोज यादव मुख्यमन्त्री रहेको सरकार तलमाथि गर्न खोजिएपछि उनी  प्रचण्ड र ओली दुवैसँग रिसाएका छन् ।

मधेशमा जसपाका सरोजकुमार यादवको नेतृत्वको सरकार छ । निर्वाचन आयोगले विभाजित जसपाका जनप्रतिनिधिलाई २१ दिनको समय दिएर सनाखतमा बोलाएको छ।

मधेशमा जनमत र लोसपालाई समेट्न सके उपेन्द्रपक्षलाई केन्द्र सरकारबाट हटाएर नयाँ दललाई मन्त्रिपरिषद्‍मा ल्याउने तयारीमा नेताहरू छन् ।

मधेशको १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ जना सांसद चाहिन्छ। त्यहाँ एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र नयाँ जसपा मिलेमा सरकार बन्छ ।

एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपामा कम्तीमा ९ सांसद हुनेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : ०१ बजे

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै