पश्चिमबाट आउने कुनै पनि धम्की स्वीकार्य छैन : पुटिन « Khabarhub

पश्चिमबाट आउने कुनै पनि धम्की स्वीकार्य छैन : पुटिन


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन नसक्ने चेतावनी दिएका छन् ।

बिहीबार औपचारिक पोशाकमा सजिएका हजारौँ सैनिकसामु रेड स्क्वायरको सम्बोधनमा उनले युक्रेनमा लडिरहेका आफ्नो सेनाको प्रशंसा गरे र ‘पश्चिमी सम्भ्रान्तहरू’ लाई विश्वभर द्वन्द्व फैलाएको आरोप लगाए ।

“रुसले विश्वव्यापी द्वन्द्व रोक्न सबै कुरा गर्नेछ तर यही समयमा हामीलाई धम्की दिन कसैलाई पनि अनुमति दिनेछैनौँ, हाम्रा रणनीतिक शक्तिहरू सधैँ सतर्क छन्”, विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले भने, “प्रिय साथीहरू, रुस अहिले कठिन र निर्णायक अवधिबाट गुज्रिरहेको छ, मातृभूमिको भाग्य, यसको भविष्य हामी प्रत्येकमा निर्भर गर्दछ ।”

मे ९ को परेड दोस्रो विश्वयुद्धमा सोभियत सङ्घमा नाजी जर्मनीको हारको प्रतीक हो र पुटिनले मुलुकलाई युद्धस्तरमा बलियोसँग अगाडि बढाएकाले यो दिन सबैभन्दा महत्त्वपूर्ण सार्वजनिक बिदा भएको छ ।

रुसी राष्ट्रपतिले बारम्बार युक्रेनविरुद्धको हालको लडाइँलाई ‘नाजीवाद’ विरुद्ध अस्तित्वको लडाइँका रूपमा प्रस्तुत गरेका छन् । यसै साताको सुरुमा उनले रुसी सेनालाई युक्रेन नजिकै रहेको नौसेना र सैनिकहरू सम्मिलित आणविक हतियार अभ्यासन गर्न आदेश दिएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : २१ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित