कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा « Khabarhub

कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको छ ।

रिटको सुनुवाइका लागि आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुनिलकुमार पोखरेल र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

यसमध्ये न्यायाधीश पोखरेलले यसअघि कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । सोही कारण आजको इजलासमा पोखरेल बस्न नमिले पछि रिट हेर्न नमिल्नेमा परेको हो ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १२ : १५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात