तराईमा तातो हावाको लहर, सतर्क रहन अनुरोध | Khabarhub Khabarhub

तराईमा तातो हावाको लहर, सतर्क रहन अनुरोध


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने जानकारी दिइन् ।

उनले तराईका भूभागमा सोमबारसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन् । मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।

तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १२ : ३४ बजे

१९ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा

विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन्

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन्

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक विहान ११