हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुई दिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राखे ।

भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उनले बताए ।

कार्यक्रममा सांसद अमरेशकुमार सिंहले साहित्य, भाषा र कला एउटा देशको सीमाभित्र साँघुरिएर रहने बताए । राजनीतिक र भौगोलिक कारण सीमा तोकिए पनि साहित्यले कुनै पनि सम्बन्धित भाषालाई विश्वस्तमा पुर्‍याउन विशेष योगदान दिने उनले बताए ।

त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख सञ्जिता बर्माले विद्यार्थी पाउने सम्भावना भए पनि स्नातकमा हिन्दी पढेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ्न खोज्ने कैयौँ विद्यार्थीले यो भाषा पढ्नबाट वञ्चित हुनुपरेको बताइन् । विभागको आफ्नै भवनलगायत न्यूनतम पूर्वाधार हालसम्म प्राप्त गर्न नसकिरहेको उनले गुनासो गरिन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : ४९ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा