मोदीसँगै ११ दलका ७२ मन्त्रीले लिए शपथ « Khabarhub

मोदीसँगै ११ दलका ७२ मन्त्रीले लिए शपथ


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

योसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमानको बराबरी गरेका छन्। नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक भारतको प्रधानमन्त्री बनेका थिए ।

आइतबार मोदीसँगै ११ दलका ७२ मन्त्रीले पनि शपथ लिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । यसरी सपथ लिने मन्त्रीहरुमा अमित शाह, राजनाथ सिंह, नीतिन गडकरी, जेपी नड्डा र शिवराज सिंह चौहान लगायतका रहेका छन् ।

माेदीपछि दोस्रो नम्बरमा राजनाथ  र तेस्रो नम्बरमा अमितले शपथ लिएका थिए । सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए। राजनाथलखनउबाट सांसद निर्वाचित भएका छन् ।

त्यस्तै नीतिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् । जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन्।शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन् ।

यता निर्मला सीतारमण, एस जयशंकर, मनोहर लाल खट्टर, एचडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जितनराम मांझी, राजीव रञ्जन सिंह उर्फ ​​ललन सिंह, सर्वानन्द सोनोवाल, डा वीरेन्द्र कुमार, किंजरापु राम मोहन नायडू, प्रल्हाद जोशी, जुआल ओरमले मन्त्रीकाे सपथ लिएका छन् ।

त्यस्तै गिरिराज सिंह, अश्विनी वैष्णव, ज्योतिरादित्य सिन्धिया, भूपेन्द्र यादव, गजेन्द्र सिंह शेखावत, अन्नपूर्ण देवी , किरण रिजिजु, हरदीप सिंह पुरी , मनसुख मण्डाविया, जी किशन रेड्डी, चिराग पासवान, सीआर पाटिल, राव इन्दरजीत सिंह, जितेन्द्र सिंह, अर्जुन राम मेघवाल लगायतका मन्त्रीहरूले सपथ लिएका छन् ।

याे पनि…

मोदी क्यबिनेट – उत्तर प्रदेशबाट नौ र बिहारबाट आठजना मन्त्री बन्दै, अन्य राज्यबाट कति ?

नरेन्द्र मोदी लगातार तेस्रो पटक बने भारतका प्रधानमन्त्री

 

 

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ९ : ५३ बजे

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न