नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा « Khabarhub

नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद महासंघले त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो।

क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई विश्वकपका लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति राति होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै महासंघले यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एंव केन्द्रिय सदस्यहरूले कुरा उठाएको बताए।

‘क्यान अध्यक्ष चतुरबहादुर चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० ले नेपाललाई विश्वकपको लागी प्रदान गर्ने १५ खेलाडी र १० ‘सपोर्टिङ स्टाफ’मध्ये प्रशिक्षण समयदेखि अनिवार्य रूपमा हुनु पर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू श्रीमतीसहित अमेरिका पुगेपछि आईसीसीले टिम डाक्टर अनिवार्य टिममा हुनुपर्ने र अध्यक्ष भएर ’सपोर्टिङ स्टाफ’ को ‘कोटा’ मा आउन नमिल्ने भनेर उनको नाम सूचीबाट हटाई उक्त स्थानमा डाक्टर समावेश गरेको सर्वविदितै छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ । अन्तर्राष्ट्रियस्तरमा देशको शिर निहुराउने कार्य गर्ने क्यान अध्यक्षले नैतिकताको आधारमा आज नै राजीनामा दिनुपर्ने माग गर्दछौ’ महासंघका केन्द्रीय सचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ४१ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण