इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती « Khabarhub

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण र त्यसपछिको क्षेत्रीय युद्धपछिको यो पहिलो आम निर्वाचन हो । निर्वाचनमा करिब ७३ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

यो निर्वाचनलाई वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य र सत्ताका लागि हालसम्मकै ठूलो परीक्षणका रूपमा हेरिएको छ ।

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहूले १९ वर्ष सरकारको नेतृत्व गरिसकेका छन्। तर यसपटकको निर्वाचनमा उनको लिकुड पार्टी र दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले पूर्वसेनाप्रमुख गादी आइजेनकोट नेतृत्वको प्रतिस्पर्धी गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

नेतन्याहूले आफ्नो चुनावी अभियानमा युद्धकालीन नेतृत्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उनलाई ट्रम्पको समर्थन रहेको छ भने इरानविरुद्धको युद्धमा पनि अमेरिका इजरायलकै पक्षमा उभिएको छ ।

१२० सदस्यीय इजरायली संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचन अघिको जनमत सर्वेक्षणहरूले कुनै पनि एक पक्षलाई स्पष्ट बहुमत मिल्न कठिन हुने देखाएका छन् । जसले गर्दा चुनावपछि गठबन्धन सरकार बनाउन कडा राजनीतिक रस्साकस्सी हुने देखिन्छ।

मतदान समाप्त भएलगत्तै एक्जिट पोलहरू सार्वजनिक हुनेछन् । प्रारम्भिक र आधिकारिक परिणाम आउने क्रम आगामी केही दिनसम्म जारी रहनेछ भने पूर्ण तथा अन्तिम नतिजा नोभेम्बरको पहिलो साताभित्र आउने अपेक्षा गरिएको छ ।

यस निर्वाचनको परिणामले इजरायलको आगामी आन्तरिक राजनीति मात्र नभई मध्यपूर्वको भूराजनीतिमा समेत गहिरो प्रभाव पार्ने देखिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ८ : ५९ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट