बाढी पहिरोका कारण १९ ठाउँमा सडक अझै पूर्ण अवरुद्ध « Khabarhub

बाढी पहिरोका कारण १९ ठाउँमा सडक अझै पूर्ण अवरुद्ध


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार र शनिबारको लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन्।

सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरु भएको जेठ २८ यता सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ।

बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन्।

यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८/१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४/४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ।

विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ०३ बजे

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा

रानीकोट गढीको उत्खनन  फेरि सुरु गर्न मुख्यमन्त्रीको आग्रह

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नौ वर्षदेखि रोकिएको भक्तपुरस्थित ऐतिहासिक

जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

टोकियो– जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशंकामा

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

अन्ताल्या- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी

पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा

ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू अब कुनै