भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए « Khabarhub

भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको उत्तरी राज्य जम्मु-कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् ।

सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला बोलेका थिए ।

उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो ।

हिजबुल मुजाहिदिनका नेता बुरहान वानीको वार्षिकीको मौकामा हमला हुन सक्ने सूचना थियो । कठुआमा पनि उच्च सुरक्षा सतर्कता थियो । तर चरमपन्थी हमला गर्न सफल भएका छन् ।

जासुसी संयन्त्रबाट लगातार आइरहेको सूचनापछि सैनिक स्कुल पनि सोमबारलाई छुट्टी दिइएको थियो । स्कुल ग्रीष्मकालीन बिदापछि सोमबारदेखि खुल्ने तालिका थियो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।

सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो ।

भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दु:ख पनि व्यक्त गरेका छन् ।

‘कठुआको बदनोटामा एक आतंकवादी हमलामा हाम्रा पाँच बहादुर सैनिकको निधनप्रति मलाई दु:ख लागेको छ’, उनले भनेका छन् ।

उनले शोक सन्तप्त परिवारप्रति गह‍िरो समवेदना प्रकट गर्दै यो कठिन घडीमा देश उनीहरूको साथमा रहेको बताएका छन् ।

उनले आतंकवाद विरोधी अभियान जारी रहने बताउँदै जम्मु-कश्मिरमा शान्ति व्यवस्था कायम गरिरहन भारतीय सैनिक प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको बहामा धावा बोलिएको थियो । जसमा पाँच सैनिकले ज्यान गुमाएपछि अहिले सर्च अभियान तीव्र बनाइएको छ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ५७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी