भरतपुर महानगरद्वारा ५४ संघ संस्थालाई कृषि सामग्री प्रदान « Khabarhub

भरतपुर महानगरद्वारा ५४ संघ संस्थालाई कृषि सामग्री प्रदान


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेकी हुन् ।

महानगरको कृषि तथा व्यवसाय प्रबर्द्धन शाखामार्फत आर्थिक वर्ष २०८०-८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरणका तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको शाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । 

अनुदानमा चारवटा ट्याक्टर, छवटा हाते ट्याक्टर (मिनिटिलर), धान, १२ वटा गहुँ काट्ने मेसिन (रिपर) हस्तान्तरण गरिएको हो ।

यस्तै धान तथा गहुँ झार्ने मेसिन (थ्रेसर) तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन (कर्न सेलर) १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) तीन थान, घाँस टुक्र्याउने मेसिन (च्याफ कटर) आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ ।

 मिल्क एनलाइजर छ थान, चिलिङ भ्याट दुई थान, तरकारी खेती गर्ने किसानका लागि बोलेरो दुई थान र तिनपाङ्ग्रे अटो दुई थान हस्तान्तरण गरिएका छन् । 

महानगरपालिकाले रु एक करोड अनुदानमा ती सामग्री खरिद गरेर उपलब्ध गराएको पौडेलले जानकारी दिए। कार्यक्रममा महानगर प्रमुख दाहालले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र उत्पादनको बजारीकरणका लागि सहयोग गर्दै आएको बताए । 

उनले भने, ‘हामीले हरेक वर्ष कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आइरहेका छौँ । किसानको आवश्यकता पहिचान गरी महानगर अघि बढिरहेको छ’, उनले थपे, ‘खडेरीका कारण सुख्खा क्षेत्र भएका ठाउँमा सिँचाइका लागि बोरिङ्सहित नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्ने प्रक्रियामा महानगर लागिपरेको छ ।’

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनुदानमा कृषि सामग्री प्राप्त गर्ने संस्थाले ती उपकरणको उचित प्रयोग र व्यवस्थापन गर्नुपर्ने बताए। 

उनले भने ,’महानगरले विगतका वर्षमा जस्तै यसवर्ष पनि यहाँहरूकै मागअनुसार सामग्री प्रदान गरेको छ । अब प्राप्त सामग्रीको व्यवस्थापन र संरक्षण प्रभावकारी रूपमा गरेर बढीभन्दा बढी लाभ लिन आवश्यक छ ।’

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ०९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील