कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन « Khabarhub

कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री र पार्टी प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।

पार्टीको उक्त निर्णयपछि रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय पार्टी बनाउने संकल्प नरोकिने बताएका हुन् ।

‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन’, उनले भनेका छन्, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

उनले पार्टीबाट कारबाही भोगेलगत्तै छोटो धारणा सार्वजनिक गरेपछि बाँकी कुरा भोलि गर्ने उल्लेख गरेका छन् ।

ढकाललाई पार्टीको अनुशासन आयोगले साधारण सदस्यबाटै निष्कासन गर्न सिफारिस गरेको थियो । तर पार्टी बैठकले उनको साधारण सदस्यता भने जोगाइदिएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ०९ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको