दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्सेमा १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर कारोबार हुँदा नेप्से १५.७९ अंकले बढेको हो ।

मंगलबार नेप्सेमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबारमा १६८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ६८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै १० वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज भएको शेयर कारोबारमा धेरै कमाउने मध्येका टप टेन कम्पनी नै लघुवित्त रहेका छन् ।

त्यस्तै आजको कारोबारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल, नबिल ब्यालेन्स फन्ड–२ र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : १७ बजे

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा

सहिदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने

आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा, अघिल्लो साताको ‘परिवर्तन’ ले गर्न सकेन कमाल

काठमाडौं– शुक्रबारबाट दुई नेपाली फिल्महरू ‘द ब्लू लाइट’ र ‘आबाट

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको

सन्दीप अनुपस्थित खेलमा सात विकेटको जित निकालेको नेपालको दोस्रो खेल शनिबार

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा