फिल्म 'धुरंधर'मा सँगै देखिएलान् त सञ्जय र रणवीर ? | Khabarhub Khabarhub

फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ?


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बक्स अफिसमा ब्लकबस्टर सावित भएको फिल्म ‘उरी’का निर्देशक आदित्य धर नयाँ प्रोजेक्टको तयारीमा छन् । 

धरको नयाँ फिल्म ‘धुरंधर’मा नायक सञ्जय दत्त काम गर्ने पक्का भएको छ । यो वर्षको अन्त्यमा छायांकनमा निस्कने योजनामा निर्माण टिम पुगिसकेको छ । 

यो फिल्म मुम्बईको अन्डरवर्ल्ड डनको कथामा आधारित रहेको छ । जसमा सञ्जयको प्रमुख मध्येको एक भूमिका रहने बताइएको छ । उनले खलपात्र भूमिका निर्वाह गर्ने चर्चा बाहिरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

यस फिल्मको केन्द्रीय पात्रका लागि रणवीर सिंहलाई धरले प्रस्ताव गरेका छन् । उनी सकारात्मक भए पनि अनुबन्ध भने भइनसकेको चर्चा छ । 

उनीसँगै अर्जुन रामपाल र माधवनलाई यस फिल्मका लागि प्रस्ताव गरिएको छ । यो फिल्मलाई मल्टिस्टारर प्रोजेक्टका रुपमा निर्माण गर्ने सोचमा धर रहेका छन् । हाल यो फिल्मको प्रि-पोडक्सनको काम भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : २४ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई