संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो « Khabarhub

संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अब पीडितहरूसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गर्ने निर्णय गरेएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको सिंहदरबारमा हुने बैठकमा छलफल गरिने उनले बताएका छन् ।

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न  पीडितहरूको सुझाव महत्वपूर्ण हुने थापाले बताए ।

त्यस्तै मंगलबार सहकारी विभागका पूर्व रजिष्टारदेखि बहालववाला रजिष्टारसँग पनि बैठकले सामूहिक छलफल गरेको थियो ।

छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्या भएको भनाइ आएको समिति संयोजक थापाले बताएका छन् ।

त्यस्तै ऐन-नियम अभावमा सहकारी क्षेत्रको नियमनमा राज्यबाटै बेवास्ता हुँदा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ३९ बजे

प्रधानमन्त्रीबिनाको सर्वदलीय बैठक औचित्यहीन : भीम रावल

काठमाडौं- पूर्वउपप्रधानमन्त्री तथा वामपन्थी नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा

महाकालीमा पानीको बहाव बढ्यो : बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी

पोखरामा पनि व्यवस्थापन गरिँदै बाढीमा बगेकाको शव (तस्बिरहरू)

काठमाडौं– तनहुँ, गोरखा, धादिङ, पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २

कोलम्बियामा सैन्य कारबाही : २० विद्रोहीको मृत्यु, पाँच पक्राउ

बोगोटा- कोलम्बियाको विद्रोही प्रभावित क्षेत्रमा सरकारी सेनाले गरेको हवाई कारबाहीमा २०

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो

काठमाडौं- रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान गुएमाकामध्ये