धनुषाको कमला-कञ्चनपुर सडक विस्तार ढिलाई « Khabarhub

धनुषाको कमला-कञ्चनपुर सडक विस्तार ढिलाई


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा जिल्लाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सडक विस्तार सम्झौता म्याद सकिएपनि पूरा हुन सकेको छैन ।

कमलादेखि कञ्चनपुरसम्मको ८६ किलोमिटर लामो सो सडक विस्तार चार वर्ष अगाडि १५ अर्ब ५६ करोड लागतमा ठेक्कामार्फत थालिएको थियो । हालसम्म भौतिक प्रगति ५० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । 

लामो समयदेखि सो खण्डको कामले गति नलिएको हो । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको सप्तरी कञ्चनपुरका रामचन्द्र मण्डलले गुनासो गरे।

सडक निर्माणले पानीको निकास रोकिँदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको सिरहा मिर्चैयाका सीतानन्दन रायले बताए । राष्ट्रिय गौरवको योजना तथा एसियन हाइवेअन्तर्गत एसियाली राष्ट्रबीच व्यापार प्रवर्द्धन, आयात र निर्यात बढाउने उद्देश्यले सडक विस्तार थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा सहभागी भएको २० वर्षपछि कमला कञ्चनपुरको ८६ किलोमिटर सडक विस्तार सुरु भएको थियो । कमला नदीदेखि कञ्चनपुरसम्म सडक चार तथा छ लेनमा विस्तार भइरहेको छ । 

सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि यातायातका साधनलाई ८६ किमी दूरी पार गर्न छदेखि आठ घण्टा लाग्ने गरेको छ । चाइना रेलवे  इन्जिनियरिङ गु्रपले ठेक्का लिएको सडक विस्तार दुईवटा प्याकेजमा भइरहेको छ ।

एसियाली विकास बैंक (एडिबी)को ७२ प्रतिशत तथा नेपाल सरकारको २८ प्रतिशत लगानीमा सडक विस्तार थालिएको हो । निर्माण कम्पनी तथा प्राविधिक दुवै पक्षबीचको लापरबाहीले विस्तार कार्य ढिलाइ भएको स्थानीय सुरेन्द्र चौधरीको गुनासो छ ।

 सन् २०२० अक्टोबर २९ देखि सडक निर्माण सुरु भई २०२३ अक्टोबरमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सरकारले पुनः २०२४ डिसेम्बर २८ सम्मका लागि १४ महिना म्याद थप गरेको छ । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५४ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’