कर्णालीको वार्षिक खर्च ६० प्रतिशत « Khabarhub

कर्णालीको वार्षिक खर्च ६० प्रतिशत


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो । 

प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए । 

जसमा चालुतर्फ नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ ९६८ दशमलव ३६० र पूँजीगततर्फ दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उनले बताए। 

‘गत आव ०७९-०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो’, उनले भने, ‘चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।’ नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आवमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उनले बताए। 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ०६ बजे

पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

चितवन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

तनहुँ– हालैको वर्षाले तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति भएको

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि

काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन

पाशुपत क्षेत्रमा शतबीज छरियो (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत