गौतम गम्भीर बने भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

गौतम गम्भीर बने भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले त्यहाँको राष्ट्रिय क्रिकेट टीमका नयाँ प्रमुख प्रशिक्षकमा पूर्व क्रिकेटर गौतम गम्भीरलाई नियुक्त गरेको छ । भारतीय टोलीले हालै टी-२० विश्वकप जिते लगत्तै निवर्तमान प्रशिक्षक राहुल द्रविडले राजीनामा दिएका थिए ।

बीसीसीआइका सचिव जय साहले सोसल मिडिया प्लेटफर्म एक्समार्फत गम्भीरलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन्‌ ।

उनले सो पोष्टमा लेखेका छन्‌,  ‘म निकै खुशीसाथ गौतम गम्भीरलाई भातीय क्रिकेट टीमको हेड कोचका रूपमा स्वागत गर्छु । आधुनिक क्रिकेट तीव्र गतिमा बदलिइरहेको छ । गौतमले बदलिँदो यो परिद‍ृश्यलाई नजिकबाट नियालेका छन्‌ ।’

गम्भीर सन्‌ २०१९ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका थिए । उनी पूर्वी दिल्लीबाट सांसद्‌ पनि चुनिएका थिए । गम्भीर सरकार र बीसीसीआइमा सबैभन्दा शक्तिशाली व्यक्तिको नजिक रहीआएका थिए । बीसीसीआइका सचिव जय साह भाजपा नेता अमित साहका छोरा हुन्‌ ।

गम्भीरले आगामी तीन वर्षसम्म भारतीय क्रिकेट टोलीलाई प्रशिक्षण दिनेछन्‌ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ५६ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६