महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित | Khabarhub Khabarhub

महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

 सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत आवमा आठ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउँछन् ।

‘विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ’, उनले भने। अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।

कार्यालयका अनुसार आव २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन् ।

गत आवमा दर्ता भएका नयाँ उद्योगले चार हजार सात सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये तीन हजार चार सय ५५ पुरुष र एक हजार दुई सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ८० लाख १२ हजार एक सय ५० राजस्व आम्दानी गरेको छ ।

कार्यालयले आव २०७९-८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता छ ।

कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट एक करोड ६ लाख ३९ हजार राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ०४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं